जुनियर महिला प्रहरीमाथि यौन दुर्व्यवहारका आरोपी एसएसपीले राजीनामा दिए

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन १५, सोमबार (१ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

असोज १५, काठमाडौँ । प्रहरी प्रधानकार्यालयले दुई एसएसपीमाथि छानवीन गरिरहँदा एक एसएसपीले राजीनामा दिएका छन् । महिला कर्मचारीमाथि यौन हिंसा गरेको प्रकरणमा अनुसन्धानको दायरमा रहेका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी योगबहादुर पालले राजीनामा दिएका छन् ।

प्रहरी प्रधान कार्यालयले अनुसन्धान सकेर कारबाही प्रक्रिया अगाडि बढाएपछि पालले राजीनामा दिएका हुन् । त्यस्तै हुण्डी कारोबारीसँग लाखौं रुपैयाँ असुल गरेको अरोपमा एसएसपी बेलबहादुर पाण्डेमाथि भने अनुसन्धान चलिरहेको छ ।

पर्सामा हुँदा एक हुण्डी कारोबारीसँग लाखौं रुपैयाँ असुलेको अरोप उनीमाथि छ । दुवै एसएसपीको आरोपमाथिको अनुसन्धान भने एउटै डिआइजी सुरेन्द्र मैनालीले गरेका थिए। एसएसपी पाललाई भने उनले दोषी करार गरेपछि कारवाहीको सिफारिस गरेका थिए भने पाण्डेको विषयमा छानविन चलिरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस