हिमाल आरोहणका लागि सरकारले अनुमति दिनुपर्छ : राष्ट्रपति पौडेल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० कार्तिक १५, बुधबार (१ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

कार्तिक १५, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले औपचारिक रूपमा आरोहणका लागि खुला नगरिएका हिमाल आरोहणका लागि सरकारले अनुमति दिनुपर्ने बताएका छन् ।

नेपाल पर्वतारोहण सङ्घको ५० औँ वार्षिकोत्सवमा आज यहाँ आयोजित एक कार्यक्रममा राष्ट्रपति पौडेलले पर्वतीय पर्यटन विकास र प्रवर्द्धनका लागि हिमाल आरोहणका लागि अनुमति दिन सरकारलाई सुझाव दिएका छन् । उनले पर्वतीय पर्यटन क्षेत्रमा लागि थप काम गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सुझाव दिए ।

यस कार्यका लागि नेपाल पर्वतारोहण सङ्घ साझेदार हुन सक्ने राष्ट्रपति पौडेलको भनाइ छ । नेपाल सरकारले २७ वटा हिमालको आरोहण अनुमति व्यवस्थापन गर्ने दिएको जिम्मेवारी सङ्घले सफलतापूर्वक पूरा गरेको उनले उल्लेख गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस