आज काठमाडौंको तापक्रम २.९ डिग्री सेल्सियस

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० माघ १३, शनिबार (१ साल अघि)
  • १७ पटक पढिएको
आज काठमाडौंको तापक्रम २.९ डिग्री सेल्सियस

माघ १३, काठमाडौँ । काठमाडौं उपत्यकामा शनिवार यो वर्षको हालसम्मकै कम तापक्रम मापन गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान उपत्यकाको न्यूनतम तापक्रम २.९ डिग्री सेल्सियस मापन गरिएको हो ।

‘आज यो वर्षको अहिलेसम्मकै कम तापक्रम अर्थात् २.९ डिग्री सेल्सियस मापन गरिएको छ’, मौसमविद् मीनकुमार अर्यालले भने ।

तापक्रम घट्दो क्रममा रहेकाले केही दिन चिसो बढ्ने अर्यालले जानकारी दिए । उनका अनुसार काठमाडौं उपत्यकामा तत्काल पानी पर्ने सम्भावना देखिएको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस