सबै अन्तर्राष्ट्रिय विमानस्थल पीपीपी मोडेलमा सञ्चालन गर्न अध्ययन समिति गठन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० माघ १८, बिहिबार (१ साल अघि)
  • २२ पटक पढिएको
सबै अन्तर्राष्ट्रिय विमानस्थल पीपीपी मोडेलमा सञ्चालन गर्न अध्ययन समिति गठन

माघ १८, काठमाडौँ । सरकारले काठमाडौं, पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई सार्वजनिक निजी साझेदारी पीपीपी मोडेलमा सञ्चालन गर्न दिने तयारी अगाडि बढाएको छ ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको शर्तसहित पीपीपी मोडेलमा सञ्चालन गर्नेबारे अध्ययनका निम्ति समिति गठन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको समिति गठनको प्रस्ताव बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत गरिएको हो ।

पीपीपी मोडेलमा विमानस्थल सञ्चालनबारे अध्ययन गर्न पूर्व सचिव शंकरप्रसाद अधिकारीको संयोजकत्वमा लगानीविज्ञ घनश्याम ओझा, पर्यटन मन्त्रालयको हवाई महाशाखाका प्रमुख बुद्धिसागर लामिछाने, लगानी बोर्डका सहसचिव, सदस्यसचिव र नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक दीपेन्द्र श्रेष्ठ सदस्य रहने गरी पाँच सदस्य समिति गठन गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस