एक महिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन, सालीनदीमा श्रद्धालुहरूको भीड

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन १२, शनिबार (१ साल अघि)
  • १८ पटक पढिएको
एक महिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन, सालीनदीमा श्रद्धालुहरूको भीड

फागुन १२, काठमाडौँ । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा शुरु गरेको एक महिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिएको छ ।

पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत शुरु गरी नित्य मध्याह्न कालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज व्रत समापन गरेका हुन् ।

त्यसै दिनदेखि शुरु गरिएको स्कन्दपुराण अन्तर्गत केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रूपमा भन्ने र सुन्ने काम पनि आजैदेखि अन्त्य गरिँदैछ । सोही अवसरमा आज साँखुस्थित सालीनदीमा श्रद्धालुहरूको बाक्लो भीड लागेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस