आजको मौसम : नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन १३, आईतबार (१ साल अघि)
  • ३४ पटक पढिएको
Post Thumbnail

फागुन १३, काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र मधेस प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । गण्डकी, कर्णाली र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति देशभर आंशिक देखि साधरणतया बदली रहने छ । गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस