पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, हल्का हिमपातको सम्भावना !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन १४, सोमबार (१ साल अघि)
  • ३१ पटक पढिएको
Post Thumbnail

फागुन १४, काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक(दुई स्थानमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना रहेको छ ।

भोलि मंगलबार देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ र बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा छिटपुट देखि हल्का हिमपातको सम्भावना रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस