दूधको ७ अर्ब भुक्तानी बाँकी, किसान बिचल्लीमा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० फागुन १४, सोमबार (१ साल अघि)
  • २१ पटक पढिएको
दूधको ७ अर्ब भुक्तानी बाँकी, किसान बिचल्लीमा

|tfO{Ft'O{+ M uf]/vfsf] ufO{v'/ ufpF ljsf; ;ldlt n'O6]n e~ofËdf ufOsf] b'w b'x'b} :yfgLo z+s/ n'O{6]n . ufO{n] b}lgs #% ln6/ b'w lbg yfn]kl6 n'O6]n b+u kg'{ePsf] 5 . ufpFdf clxn] dflg;x? ufO{ kfng lt/ cfslif{t x'g] u/]sf 5g . Ps ln6/ b'w #$ ?k}+ofdf ljqmL x'g]ub{5 . t:jL/ /fh]Gb| Gof}kfg] /f;;

फागुन १४, काठमाडौँ । चार महिनायताको करिब ७ अर्ब रकम पाउन नसक्दा देशभरका दूध उत्पादक किसान बिचल्लीमा परेका छन् । डेरी उद्योग संघ र डेरी एसोसिएसनको करिब ६ अर्ब तथा डीडीसीको ९० करोड गरी झन्डै ७ अर्ब रुपैयाँ किसानले दूधको भुक्तानी पाउन सकेका छैनन् ।

राष्ट्रिय दुग्ध विकास बोर्डका अनुसार दुग्ध क्षेत्रमा प्रत्यक्षरअप्रत्यक्ष रूपमा करिब ३० लाख परिवार संलग्न छन् । तिनले ७४ लाख गाई र ५२ लाख भैंसी पालेका छन् । तर धेरैजसो किसान परिवारले ३र४ महिनायता दूध बेचेको पैसा पाएका छैनन् ।

पाँचखाल नगरपालिका–३ का भीमसेन हुमागाईं दिनको १० लिटर दूध बेच्छन् । तर तीन महिनायता पैसा पाएका छैनन् । डेरीले बक्यौता नदिएपछि गाईभैंसी पाल्न धौ–धौ भएको हुमागाईं बताउँछन् ।

‘एउटा गाई र भैंसीबाट दिनको १५ लिटरसम्म दूध बिक्री गर्थें । महिनायता गाईबाट मात्रै दिनको १० लिटर दूध बेच्छु । तर डेरीबाट ३ महिनादेखि पैसा पाएको छैन,’ भने, ‘डेरीले पैसा नदिँदा गाईबस्तुलाई के खुवाउने भन्ने चिन्ता परेको छ ।’

डेरीले भुक्तानी गर्न नसकेको भन्दै रकम घटाएपछि बाध्य भएर दूध दिनुपरेको हुमागाईंको गुनासो छ । बाराको कोल्हवी–९ का थानेश्वर पहाडीलाई पनि दूधको भुक्तानी नपाएकै चिन्ता छ । ७० गाई पालेका पहाडीले दिनको ३ सय लिटर दूध बेच्छन् । दाना–चोकरको खर्च कटाएर महिनाको २ लाख बचाउँछन् । तीन महिनायता उनले दूध बेचेको पैसा पाएका छैनन् ।

स्वदेशमा पर्याप्त दूध उत्पादन हुँदा आयातमा केही कडाइ गरिदिए किसानले ‘मिल्क होलिडे’ गर्नुपर्ने अवस्था नआउने उनको भनाइ छ । तर खुला सीमाका कारण अवैध दूध आयात हुँदा यहाँका किसान समस्यामा परेको उनले जनाए ।

ताजा अपडेट

खोजी गर्नुहोस