फागुन १४, काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८१/८२ को ‘बजेटका सिद्धान्त र प्राथमिकता’ प्रतिनिधिसभामा प्रस्तुत गरेका छन्। सोमबार बसेको बैठकमा अर्थमन्त्री डा महतले बजेटका प्राथमिकता र सिद्धान्तमाथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तु गरेका हुन् ।
विनियोजन विधेयक, २०८१ को सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै मन्त्री महतले सरकारका बिभिन्न प्रयासबाट अर्थतन्त्र क्रमशः सकारात्मक दिशातर्फ अघि बढेको बताए। त्यसैगरी विद्युत उत्पादनमा र पर्यटक आगमन संख्यामा वृद्धि हुनुका साथै विदेशी लगानी बढ्नुले अर्थतन्त्रमा सकारात्मक योगदान पुगेको उनले बताए ।
मुलुकको अर्थतन्त्र लयमा फर्किन थाले पनि बाह्य र आन्तरिक समस्याका कारण चुनौतीमुक्त भने भइनसकेको उहाले उल्लेख गरे । आर्थिक क्रियाकलापको संरचना र प्रविधिमा आएको परिवर्तनका कारण राजस्व संकलनमा चुनौति थपिएको उनको भनाइ छ ।
उनले मुलुकको अर्थतन्त्रलाई विश्व अर्थतन्त्रको गति सँगै अघि बढाउने र आधारभूत आवश्यकता पूरा गर्न कठिन अवस्थामा रहेका जनताको जीवनस्तरमा सुधारका मार्ग पहिल्याउने गरि आगामी वर्षको बजेट तर्जुमा हुने जिकिर गरे ।