बिएनसीसीआईका उपाध्यक्ष अरुण सुमार्गीको नेतृत्वमा उद्योगीको टोली बंगलादेश जाँदै

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० फागुन १५, मंगलबार (१ साल अघि)
  • १७८ पटक पढिएको
बिएनसीसीआईका उपाध्यक्ष अरुण सुमार्गीको नेतृत्वमा उद्योगीको टोली बंगलादेश जाँदै

फागुन १५,काठमाडौँ । बंगलादेश–नेपाल उद्योग बाणिज्य संगका उपाध्यक्ष अरुणराज सुमार्गीको नेतृत्वमा मकवानपुर उद्योग वाणिज्य संघसंग सम्बन्धित उद्योगी तथा व्यवसायीको टोली आज बंगलादेश जाने भएको छ । मकवानपुर उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डल नेपाल–बंगलादेशको सहकार्यमा बंगलादेश जान लागेको हो ।

नेपाल र बंगलादेशबीचको व्यापार तथा वाणिज्यको स्तरीय विकासका लागि उपाध्यक्ष अरुणराज सुमार्गीको नेतृत्वमा चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीले आफ्नो भ्रमणका क्रममा बंगलादेशमा उनीहरूले फेडरेशन अफ बंगलादेश चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीजसँग महत्वपुर्ण छलफल तथा सत्रहरू गर्ने कार्यक्रम रहेको छ । टोलीले बंगलादेश महिला चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री,एसएमई फाउण्डेशन,कक्सबजार चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री र अन्य सार्वजनिक तथा निजी संस्थाहरूसंग समेत छलफल गर्नेछ ।

भ्रमण टोलीमा मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ता,बरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल,उपाध्यक्ष प्रमोद सिंह रानाभाट,महासचिव दिपक उप्रेती,सचिव राजाराम कार्की लगायत कार्यसमितीका सदस्य,सल्लाहकारहरु रहेका छन् । उपाध्यक्ष सुमार्गीको भ्रमण टोली फागुन २० गते नेपाल फर्कने कार्यक्रम रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस