आजको शेयर बजार दोहोरो अंकले घट्यो, नेप्से १९ सयको विन्दुमा !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० फागुन १७, बिहिबार (१ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

फागुन १७, काठमाडौँ । साताको कारोबारको अन्तिम दिन नेप्सेमा भारी अंकको गिरावट आएसँगै यो साताको नेप्से बन्द भएको छ । बिहीबार २८ दशमलव ६८ अंकले घटेको नेप्से १९७२ दशमलव ०९ को विन्दुमा झरेको छ ।

आज ३०९ कम्पनीका ४८ हजार ३ सय ४९ पटकको कारोबारमा ७४ लाख ४६ हजार ९ सय ९१ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम भने २ अर्ब ५९ करोड ८७ लाख ३७ हजार २ सय २८ रहेको छ ।

त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ७९ अंकले घटेर ३५१ दशमलव ६५ विन्दुमा पुगेको छ । आज सबैभन्दा बढी कारोबार हाइड्रोपावर कम्पनीहरूको भएको छ भने सबैभन्दा कम कारोबार गर्नेमा कर्पोरेट डिभेन्चरहरु रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस