सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड, तोलाको कतिमा हुँदैछ कारोवार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० फागुन २७, आईतबार (१ साल अघि)
  • ३२ पटक पढिएको
Post Thumbnail

फागुन २७, काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि गत बिहीबारको उच्च मूल्यलाई आज तोडेको महासंघले जनाएको छ । गत बिहीबार छापावाल सुन प्रतितोला एक लाख २५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन आज प्रतितोला एक लाख २५ हजार ४०० रुपैयाँमा करोबार भइरहेको छ । चाँदी प्रतितोला एक हजार ४७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । गत शुक्रबारको तुलनामा चाँदीको मूल्य पाँच रुपैयाँ वृद्धि भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस