सुन तस्करीको अभियोगमा दीपेश पुन पक्राउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र २, शुक्रबार (१ साल अघि)
  • २६ पटक पढिएको
सुन तस्करीको अभियोगमा दीपेश पुन पक्राउ

चैत्र २,काठमाडौँ । सुन तस्करीको अभियोगमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन पक्राउ परेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले पुनलाई काठमाण्डौबाट पक्राउ गरिएको पुष्टि गर्नुभएको छ ।

गएको साउनमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बरामद गरिएको झन्डै ६१ किलो सुन प्रकरणका मुख्य आरोपी दावा छिरिङसँग पुनको सम्बन्ध रहेको पाइएको थियो । हिजो गृहमन्त्रीसमक्ष पेस भएको सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनमा पनि पुनको संलग्नता औँल्याएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस