जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृहमन्त्रीको निर्देशन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र ४, आईतबार (१ साल अघि)
  • २४ पटक पढिएको
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृहमन्त्रीको निर्देशन

चैत्र ४, काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँबर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई निर्देशन दिएका छन् ।

मन्त्रालयमा केही समय अघि भएको छलफलमा मन्त्री लामिछानेले कृष्णबहादुर महरासहित प्रतिवेदनले औंल्याएका निजामती तथा प्रहरी कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएका छन् ।

सरकारले सुनको तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गरेर तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सुनको तस्करी नियन्त्रण आयोगको प्रतिवेदन अध्ययन गरेर कार्यान्वयनको प्रक्रियामा लैजाने निर्णय गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस