प्रतिनिधिसभा बैठक आज बस्दै, सांसदको प्रश्नमा प्रधानमन्त्री दाहालले जवाफ दिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र ६, मंगलबार (१ साल अघि)
  • ३१ पटक पढिएको
प्रतिनिधिसभा बैठक आज बस्दै, सांसदको प्रश्नमा प्रधानमन्त्री दाहालले जवाफ दिने

चैत्र ६, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने भएका छन् ।
बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरूले सोध्ने समसामयिक विषयका प्रश्नको जवाफ दिने भएका हुन् ।

नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछानेलाई उपप्रधान तथा गृहमन्त्री बनाएको भन्दै पटक पटक संसद्मा प्रधानमन्त्रीको जवाफ माग्दै आएको थियो ।

यसका लागि संसद् सचिवालयमा सांसदहरूले पहिले नै प्रश्न टिपाउनु पर्छ । संसद् सचिवालयबाट स्वीकृत प्रश्न मात्रै सांसदले प्रधानमन्त्रीलाई सोध्न पाउने व्यवस्था छ ।

ताजा अपडेट

खोजी गर्नुहोस