‘दोषी नछुटून् र निर्दोष नपरून् भन्ने धेयका साथ काम गरिरहेका छौँ’ : प्रधानमन्त्री दाहाल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र ६, मंगलबार (१ साल अघि)
  • २४ पटक पढिएको
‘दोषी नछुटून् र निर्दोष नपरून् भन्ने धेयका साथ काम गरिरहेका छौँ’ : प्रधानमन्त्री दाहाल

चैत्र ६, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा सुशासन कायम गर्न कुनै पनि सम्झौता नगर्ने बताएका छन् ।

आकस्मिक, शून्य र विशेष समयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा उनले देशमा सुशासन कायम गर्न सम्झौता नगर्ने बताएका हुन् ।

विभिन्न प्रकरणमा देखिएका दोषीमाथि कारबाही प्रक्रिया भइरहेको सबैलाई अवगत भइरहेको भन्दै उनले दोषी नछुटून् र निर्दोष नपरून् भन्ने धेयसाथ सरकारले काम गरिरहेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस