‘काँग्रेसले गृहमन्त्री रविको साथ नपाएकाले फसाउन खोजिरहेको छ’ : केपी ओली

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र ६, मंगलबार (१ साल अघि)
  • ३१ पटक पढिएको
‘काँग्रेसले गृहमन्त्री रविको साथ नपाएकाले फसाउन खोजिरहेको छ’ : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् गृहमन्त्री रवि लामिछानेलाई फसाउन खोजिरहेको बताएका छन् ।

प्रेस चौतारी नेपाल कैलाली शाखाले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले आफूतिर नलागेको भन्दै काँग्रेसले सहकारीसँग सम्बन्धित नै नरहेका लामिछानेलाई फसाउन खोजिरहेको बताएका हुन् ।

‘रवि लामेछाने सहकारीमा संलग्न भएको, सहकारी डुबाएको वा अरु कुनै कुरा प्रमाणित भएको छैन तर काँग्रेसले आफुतिर नलागेकाले बदनाम गर्न र फसाउन खोजिरहेको छ’ ओलीले भने ।

ताजा अपडेट

खोजी गर्नुहोस