उपप्रधानमन्त्री श्रेष्ठको चीन भ्रमण स्वीकृत, यी हुन् मन्त्रिपरिषद्का १६ निर्णय

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र ९, शुक्रबार (१ साल अघि)
  • ३८ पटक पढिएको
Post Thumbnail

चैत्र ६, काठमाण्डौँ । सरकारको मन्त्रिपरिषद बैठकले १६ वटा निर्णय गरेको छ ।
बिहीबार बसेको बैठकले १६ वटा निर्णय गरेको हो ।

राष्ट्रिय योजना आयोगको रिक्त ४ सदस्य पदमा प्राध्यापक संगीता सिंह काठमाडौं, डा कुसेन्द्रबहादुर महत जुम्ला, प्रा शिवराज अधिकारी पाल्पा र डा अरनिकोकुमार पाँडे ललितपुरलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

अनुचित लेनदेन मिटरब्याज अपराध नियन्त्रणका बैठकले तीन सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ ।

३ महिनाभित्र सुझावसहितको प्रतिवेदन पेस गर्न उच्च अदालतका पूर्व न्‍यायाधीश तेजबहादुर कार्कीको अध्यक्षतामा पूर्व एआइजी पुस्कर कार्की र चार्टर्ड अकाउन्टेन्ट सञ्जीव मिश्र सदस्य रहने गरी आयोग गठन गरेको हो । उपप्रधान एवं परराष्ट्र मन्त्री नारायणकाजी नेतृत्वको प्रतिनिधिमण्डललाई चैत ११ गतेदेखि १९ गतेसम्म चीन भ्रमण गर्न स्वीकृति दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस