सुन तस्करी प्रकरणमा दोषी प्रहरीलाई कारबाही गर्न नयाँ समिति गठन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र ११, आईतबार (१ साल अघि)
  • २१ पटक पढिएको
सुन तस्करी प्रकरणमा दोषी प्रहरीलाई कारबाही गर्न नयाँ समिति गठन

चैत्र ११, काठमाडौँ । सुन तस्करी प्रकरणमा दोषी देखिएका प्रहरीमाथि कारबाही गर्न गृहमन्त्रालयले नयाँ समिति गठन गरेको छ ।

अनुसन्धानमा लापरवाही गर्ने, अभियुक्तलाई फगाउन सहयोग गर्ने प्रहरीलाई कारबाही गर्न मन्त्रालयले कानुन महाशाखाका सहसचिव भरतमणि रिजालको नेतृत्वमा तीन सदस्यीय समिति बनाएको हो ।

समितिमा नेपाल प्रहरीका डीआईजी भीमप्रसाद ढकाल र गृह मन्त्रालयकै प्रहरी प्रशासन शाखाका उपसचिव रामबहादुर शाही सदस्य रहनुभएको छ ।

समितिले उच्चस्तरीय सुन तस्करी जाँचबुझ आयोगले दिएको प्रतिवेदन अध्ययन गरेर कसलाई के कारबाही गर्ने भन्ने सिफारिस गर्नेछ । जाँचबुझ आयोगले चारजना प्रहरीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस