‘देशभरीका सहकारीमा देखिएको समस्या अब समाधान हुन्छ’ : गृहमन्त्री लामिछाने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र ११, आईतबार (१ साल अघि)
  • २० पटक पढिएको
‘देशभरीका सहकारीमा देखिएको समस्या अब समाधान हुन्छ’ : गृहमन्त्री लामिछाने

चैत्र ११, चितवन । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले देशभरी सहकारीमा देखिएको समस्या समाधान हुने बताएका छन् । चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले सहकारीपीडितसँग सरकारले वार्तामार्फत समस्या समाधानको प्रयास गरेको बताएका छन् ।

गृहमन्त्री लामिछानेले बचतकर्ताको रकम फिर्ता गर्नका लागि सम्बन्धित दोषीहरुको सम्पत्ति ल्याएर भए पनि उपलब्ध गराउने बताए । सहकारीको पैसा अपचलन गरेर फरार रहेका जीवि राईलाई नियन्त्रणका लागि सरकारले पूरै शक्ति परिचालन गरेको उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस