लुम्बिनी प्रदेश : टुंगियो भागबण्डा, कुन दललाई कति मन्त्रालय ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख ६, बिहिबार (१ साल अघि)
  • ३४ पटक पढिएको
लुम्बिनी प्रदेश : टुंगियो भागबण्डा, कुन दललाई कति मन्त्रालय ?

बैशाख ६, बुटवल । लुम्बिनी प्रदेशमा आज सरकार विस्तार हुने भएको छ । चैत २३ गते मुख्यमन्त्री बनेका जोखबहादुर महराले अहिलेसम्म भागबण्डा मिलाउन नसक्दा सरकार विस्तार गर्न सकेका थिएनन् ।

सत्ता समीकरणमा रहेका दलहरुबीच भागबण्डा मिलेपछि मुख्यमन्त्री महराले आज सरकार विस्तार गर्दै ११ सदस्यीय मन्त्रिपरिषद् बनाउने तयारी गरेका हुन ।

भागबण्डामा एमालेले पाँच मन्त्रालय पाउने भएको छ भने माओवादी केन्द्रले मुख्यमन्त्रीसहित तीन मन्त्रालय पाउने सहमति भएको छ । त्यस्तै नाउपा, जसपा र स्वतन्त्र सांसदले एक(एक मन्त्रालय पाउने भएका छन् ।

कुन दलले कुन मन्त्रालय पाउने भन्ने अझै नटुंगिएको बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस