शेयर बजार

शेयर बजार दोहोरो अंकले बढ्यो, कारोवार रकम कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ जेष्ठ ७, सोमबार (१२ महिना अघि)
  • ११५ पटक पढिएको
शेयर बजार दोहोरो अंकले बढ्यो, कारोवार रकम कति ?

जेठ ७, काठमाण्डौँ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्चमा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक १.३३ प्रतिशत अर्थात २७.५४ अंकले बढेर २०९२ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.९९ प्रतिशतले बढेर ३७४.०७ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१५ वटा कम्पनीको १ करोड ४३ लाख ७० हजार ६८९ कित्ता सेयर ५ अर्ब ८५ करोड ४३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस