नेपाली कांग्रेस

सहकारी ठगीविरुद्ध कांग्रेसले आज काठमाडौंमा प्रदर्शन गर्दै

  • अनलाइन केन्द्र
  • / नेपाली कांग्रेस /
  • २०८१ जेष्ठ १३, आईतबार (११ महिना अघि)
  • ९४ पटक पढिएको
सहकारी ठगीविरुद्ध कांग्रेसले आज काठमाडौंमा प्रदर्शन गर्दै

जेठ १३, काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगीविरुद्ध आज काठमाडौं उपत्यकामा विरोध प्रदर्शन गर्दैछ । दिउँसो १ बजे प्रदर्शनी मार्गमा आमसभा गर्दैछ ।

बुधबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सहकारी पीडितको रकम फिर्ता, संसदीय छानबिन समितिको माग, गृहमन्त्री रवि लामिछानेको अभिव्यक्ति लगायतका मुद्दा बनाएर सडक प्रदर्शन गर्ने निर्णय गरेको थियो । आइतबार गर्ने विरोध प्रदर्शनको क्षेत्रगत तयारीका लागि उपत्यकाका १५ क्षेत्रमा १५ नेतालाई प्रतिनिधि खटाएको छ ।

#नेपाली कांग्रेस

ताजा अपडेट

खोजी गर्नुहोस