सुनचाँदी

२३ सय रुपैयाँले बढ्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ जेष्ठ १७, बिहिबार (११ महिना अघि)
  • १६५ पटक पढिएको
२३ सय रुपैयाँले बढ्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार ?

जेठ १७, काठमाण्डौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । बुधबार १ लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला २३ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन पनि २३ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ३९ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै,आज चाँदीको भाउ भने ३० रुपैयाँले घटेर तोलामा १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

#सुनचाँदी

ताजा अपडेट

खोजी गर्नुहोस