अब निजी क्षेत्रले गुनासोबाट निस्किनु पर्छ:अर्थमन्त्री पौडेल

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ भाद्र १६, आईतबार (८ महिना अघि)
  • ५९ पटक पढिएको
अब निजी क्षेत्रले  गुनासोबाट निस्किनु पर्छ:अर्थमन्त्री पौडेल

भाद्र १६,काठमाण्डौँ ।  अर्थ मन्त्री विष्णु प्रसाद पौडेलले  अर्थतन्त्रको बाह्य छेत्र सहज भए पनि समग्र अर्थतन्त्र चलायमान बन्न नसकेको बताएका छन् । उनले भने,”अहिलेको सरकारले राजनीति स्थिरता र अर्थतन्त्र  चलायमान बनाउन अग्रसर छ,अहिले चाहेर पनि अर्थतन्त्रको शिथिलताबाट उठ्न सकेको छैन।”

चौतर्फी  आलोचनालाई ध्यानमा राख्दै लचिलो मौद्रिक नीति ल्याएको हुँदा अहिले मौद्रिक नीतिलाई सबैले स्वागत गरेको बताए। उनले भने,”निजी क्षेत्रलाई  लगानीको वातावरण बनाउनका लागि थप के गर्न सकिन्छ आफू गर्न तयार छु।” अब निजी क्षेत्रले गुनासोबाट निस्किनु पर्ने बताए।उनले भने,”अब गुनासो बोकेर होइन,समस्या के छन् अहिलेको सरकार सुन्न तयार छ,सुन्न मात्र होइन सहकार्य गर्न र लागू गर्न तयार छ।”

नेपाल उद्योग परिसंघ  अध्यक्ष राजेश अग्रवालले मौद्रिक नीतिकै कारण सेयर बजार चलायमान भएको छ यसले आम लगानीकर्तालाई उत्साहित बनाएको बताए। पुँजीगत खर्च बढेको छ यसले अर्थतन्त्र चलायमान बनाउन भूमिका खेलेको बताए उनले भने,”धेरै कर लगाउँदा नेपालका अधिकांश नागरिक सिमा नाकामा गएर सामान किन्न जान्छन् यसलाई रोक्नु पर्छ।”

ताजा अपडेट

खोजी गर्नुहोस