भेटवार्ता

प्रधानमन्त्री ओली न्यूयोर्कमा, भारतीय समकक्षी मोदीसँग भेटवार्ता हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन ५, शनिबार (८ महिना अघि)
  • ४२ पटक पढिएको
प्रधानमन्त्री ओली न्यूयोर्कमा, भारतीय समकक्षी मोदीसँग भेटवार्ता हुने

|प्रधानमन्त्री ओली अमेरिका प्रस्थान काठमाडौँ, ४ असोजः प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा । तस्बिरः रत्न श्रेष्ठ÷रासस

असोज ५, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क आइपुगेका छन् । उनी संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्थानीय समयअनुसार शुक्रबार राति न्यूयोर्क आइपुगेका हुन् ।

प्रधानमन्त्री ओलीलाई जेएफके अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रसंघका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापा, अमेरिकाका लागि कार्यवाहक राजदूत कुमार खरेल तथा स्थायी नियोगका अधिकारीहरुले स्वागत गरेका थिए । प्रधानमन्त्री ओलीले यही असोज १० गते संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने कार्यतालिका छ ।

 

# भेटवार्ता

ताजा अपडेट

खोजी गर्नुहोस