इन्स्पेक्टर शाहीलाई पक्राउ गर्न प्रहरीले लियो अदालतको अनुमति

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन ३०, बुधबार (७ महिना अघि)
  • ६१ पटक पढिएको
इन्स्पेक्टर शाहीलाई पक्राउ गर्न प्रहरीले लियो अदालतको अनुमति

असाेज ३०, काठमाडौं । प्रहरी प्रभाग ललितपुर भैंसेपाटीकी तत्कालीन प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनुकुमारी शाहीलाई पक्राउ गर्न प्रहरीले अदालतबाट अनुमति लिएको छ ।

‘हनी ट्रयाप’ मा पारेर ३० लाख रुपैंयाँ असुल गरेको घटनामा उनको समेत संलग्नता देखिएपछि ललितपुर जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको हो । बलात्कार मुद्दामा फसाइ दिने भन्दै एक व्यक्तिसँग लेनदेन गरेको आरोप लागेपछि उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले उनलाई १० असोजमा जिम्मेवारीबाट हटाएको थियो । उक्त घटनाबारे जिल्ला प्रहरी परिसर, ललितपुरले छानबिन थालेको थियो ।

अहिलेसम्म यस घटनामा चार जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा सुष्मा विक, ताज मुल इस्लाम, भिमादेवी थापा र प्रहरी सहायक हवल्दार महेन्द्र हमाल छन् । प्रहरीले उनीहरूमाथि आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको बताएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस