दशैं सकिएलगत्तै काठमाडौँ जानेको भिड, १ दिनमै ५६ हजार यात्रु भित्रिए !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ कार्तिक २, शुक्रबार (७ महिना अघि)
  • ६४ पटक पढिएको
दशैं सकिएलगत्तै काठमाडौँ जानेको भिड, १ दिनमै ५६ हजार यात्रु भित्रिए !

कार्तिक २, काठमाडौँ । दशैं सकिएलगत्तै बिहीबार २४ घण्टामा ५६ हजार ५११ यात्रु काठमाडौं उपत्यका प्रवेश गरेका छन् ।
उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको अनुसार, बस, सानो सवारी, मोटरसाइकल र माइक्रोमा गरेर १ कात्तिक बिहान ६ बजेदेखि २ कात्तिकको बिहान ६ बजेसम्म ५६ हजार यात्रु काठमाडौं भित्रिएका हुन् ।

यो अवधिमा १ हजार १६८ बस, ३ हजार ९१८ सानो सवारी, ५ हजार ७४४ मोटरसाइकल र ३८० माइक्रो राजधानी प्रवेश गरेका छन् । यही अवधिमा १० हजार ८२१ सवारी उपत्यकाबाट बाहिरिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस