गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक जोशी अझै ५ दिन हिरासतमै रहने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ कार्तिक २, शुक्रबार (७ महिना अघि)
  • ७८ पटक पढिएको
गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक जोशी अझै ५ दिन हिरासतमै रहने

कात्तिक २,काठमाडौँ । सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डीआइजी छविलाल जोशी अझै ५ दिन हिरासतमै रहने भएका छन् ।

शुक्रबार अदालतले उनलाई अझै ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न आदेश दिएको हो। गत असोज ६ मा पक्राउ परेका उनीविरुद्ध यसअघि पनि अदालतले पहिलो पटक ५ दिन र दोस्रो पटक ७ दिन म्याद थप गरेको थियो।

अदालत बन्द भएका कारण उनको १७ गतेदेखि नै म्याद थप हुन सकेको थिएन।

विभिन्न ५ सहकारीबाट गोर्खा मिडियामा गएको ६५ करोडभन्दा बढी रकम अपचलनमा उनको पनि संलग्नता रहेको भन्दै काठमाडौंबाट पक्राउ परेका जोशीलाई आइतबार पोखरा ल्याइएको थियो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस