असोजमा मात्रै ५३ हजार नेपाली कामका लागि विदेशिए

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ कार्तिक ३, शनिबार (७ महिना अघि)
  • ६१ पटक पढिएको
असोजमा मात्रै ५३ हजार नेपाली कामका लागि विदेशिए

कार्तिक ३, काठमाडौँ । चाडपर्वका बेला पनि वैदेशिक रोजगारीमा जानेहरूको संख्या निरन्तर बढिरहेको छ ।
वैदेशिक रोजगार विभागका अनुसार गत असोजमा श्रम स्वीकृति लिएर ५३ हजार पाँच सय २५ जना विदेशिएका छन् ।

असोजमा १७ हजार सात सय २४ जना नेपाली संयुक्त अरब इमिरेट्स, १० हजार चार सय ६८ जना साउदी, नौ हजार सात सय ९८ जना कतारमा, तीन हजार आठ सय सात जना कुबेत र एक हजार तीन सय १४ जना मलेसिया गएका छन् ।

यसैगरी, असोजमा युरोपेली मुलुक रोमानिया क्रोएशिया, साइप्रस, माल्टा र पोर्चुगल जानेको संख्यामा पनि वृद्धि भएको छ । गत भदौमा ५७ हजार चार सय ९३ जना नेपाली रोजगारीका लागि विदेसिएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस