कार्तिक ४, पोखरा । पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा प्रदर्शनमा उत्रिएको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आज पनि विरोधका कार्यक्रम जारी राख्ने भएको छ ।
रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले नियोजित रुपमा सरकारले आफ्ना सभापतिलाई पक्राउ गरेकाले विरोधका कार्यक्रम जारी राखिएको बताएका छन् । उनका अनुसार पोखराको शहीद चोकमा विरोधको कार्यक्रम राखिएको छ । यसका लागि रास्वपाका शीर्ष नेताहरु यसअघि नै पोखरा पुगिसकेका छन् ।