राप्रपाको मूल आन्दोलन समितिको बैठक जारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ चैत्र १२, मंगलबार (१ महिना अघि)
  • ७५ पटक पढिएको
राप्रपाको मूल आन्दोलन समितिको बैठक जारी

चैत्र १२,काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को मूल आन्दोलन समितिको बैठक जारी छ । राजधानीको एक प्यालेसमा जारी बैठकमा राजसंस्था पुनर्स्थापना लगायतका एजेन्डालाई लिएर थप आन्दोलन घोषणा गर्ने बताइएको छ ।

राप्रपाको यसअघि बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले देशभर घोषणा भएका विभिन्न आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने निर्णय लिएको थियो ।

त्यसअघि घोषणा भएका आन्दोलनका कार्यक्रम गत २५ फागुनमा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि भन्दै राप्रपाले स्थगित गरेको थियो । ‘आजको बैठकले आन्दोलनका थप कार्यक्रम तय गर्नेछ,’ प्रवक्ता मोहन कुमार श्रेष्ठले भने । आन्दोलनसँगै पार्टीका अन्य गतिविधि अघि बढाइने राप्रपाले बताएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस