म्यानमारको पीडामा मल्हम लगाउन नेपाली सेनाको टोली प्रस्थान

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ चैत्र २०, बुधबार (१ महिना अघि)
  • ५२ पटक पढिएको
म्यानमारको पीडामा मल्हम लगाउन नेपाली सेनाको टोली प्रस्थान

चैत्र २०, काठमाण्डौँ ।  भूकम्पका कारण पीडामा परेको म्यानमारमा मेडिकल राहतसहित नेपाली सेनाको टोली त्यसतर्फ प्रस्थान गरेको छ । नेपाल सरकारले गरेको निर्णयअनुसार सेनाको टोली बुधबार म्यानमार प्रस्थान गरेको हो ।

प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा १२ जना चिकित्सकीय टिम, ४ जना बन्दोबस्ती सहायता टिम र ६ जना क्रु मेम्बरसहित कुल २२ सदस्यीय टोली नेपाली सेनाको सिएन–२३५ कासा विमानद्वारा म्यानमार प्रस्थान गरेको हो । विभिन्न प्रकृतिका आवश्यक औषधि एवं इक्युप्मेन्टहरूसहित उक्त टोलीमा सर्जन, अर्थोपेडिक, मेडिसिन चिकित्सक, नर्स तथा प्यारामेडिकहरू संलग्न छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस