मे ८ः विश्व स्मृति एवं मेलमिलाप र रेडक्रस दिवस

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ बैशाख २५, बिहिबार (१३ घण्टा अघि)
  • ६६ पटक पढिएको
मे ८ः विश्व स्मृति एवं मेलमिलाप र रेडक्रस दिवस

वैशाख २५, काठमाडौं । आज विश्व स्मृति एवं मेलमिलाप दिवस । संयुक्त राष्ट्रसंघको आह्वानमा दोस्रो विश्वयुद्धमा ज्यान गुमाएकाहरूको सम्झना एवं मेलमिलाप दिवसका रूपमा सन् २००४ देखि यो दिवस मनाउन थालिएको हो ।

राष्ट्रसंघीय महासभाले मे ८ र ९ तारिखमा यो दिवस मनाउन विश्वका सबै देशलाई आह्वान गरेअनुरुप विभिन्न राष्ट्रसंघीय निकाय, गैरसरकारी संस्था तथा व्यक्तिले समाज र देशका निम्ति योगदान आफ्ना अग्रज एवं दोस्रो विश्वयुद्धका सबै पीडितहरूको स्मरण तथा उनीहरुप्रति श्रद्धाञ्जली अर्पण गरेर स्मृति दिवस मनाउँदै आएका छन् ।

न्यूयोर्कस्थित राष्ट्रसंघीय मुख्यालयमा बिहीबार विशेष स्मृतिसभा हुँदैछ ।

यस्तै आजै ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका विश्व रेडक्रस दिवस मनाइँदै छ ।

रेडक्रस र रेडक्रिसेन्ट आन्दोलनमा काम गर्ने लाखौँ स्वयंसेवक र कर्मचारीहरूलाई उनीहरूको मानवीय प्रयासको लागि सम्मान गर्न हरेक वर्ष मे ८ मा विश्व रेडक्रस र रेडक्रिसेन्ट दिवस मनाउन थालिएको हो ।

मानवतालाई जीवित राख्न तथा दया, शान्ति र आशाको सञ्चार विश्वसमुदायमाझ प्रवाह गर्न यो दिवस उपयोगी हुने रेडक्रसका स्वयंसेवकहरुको विश्वास छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस