महिला ट्वान्टी-२० विश्वकप छनोट: नेपाल सुपर-थ्रीमा प्रवेश

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८२ जेष्ठ ३, शनिबार (१० घण्टा अघि)
  • ४७ पटक पढिएको
महिला ट्वान्टी-२० विश्वकप छनोट: नेपाल सुपर-थ्रीमा प्रवेश

जेठ ३, काठमाडौं । नेपाल आईसीसी महिला ट्वान्टी-२० विश्वकप एसिया छनोटको सुपर-थ्रीमा पुगेको छ । शुक्रबार हङकङ र बहराइनबीचको खेल वर्षाका कारण रद्द भएपछि नेपाल सुपर–थ्रीमा पुगेको हो ।

समूह ‘सी’ मा हङकङसँग समान पाँच अंक भए पनि नेपाल बढी जित निकालेका आधारमा छनोट चरणमा पुगेको हो । आइसिसीको नियम अनुसार ‘डबल राउण्ड रोबिन’ लिगपछि शीर्ष दुई टोली टोलीबीच अंक बराबर भए सर्वाधिक जितका आधारमा टोली अगाडि रहने प्रावधान छ ।

विजयी भएको अवस्थामा हङकङ नै ६ अंकसहित समूह विजेता बनेर अघि बढ्ने अबस्था थियो तर वर्षाले खेल रोकिदा हङकङ प्रतियोगिताबाट बाहिरिएको छ ।

नेपालले सुपर-थ्रीमा बलिया टोली यूएई र थाइल्याण्डको सामना गर्नेछ । सुपर–थ्रीमा एकअर्कासँग खेलेपश्चात शीर्ष दुई टोली ग्लोबल छनोटमा पुग्नेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस