आइपिएल: पन्जाबले पहिलो क्वालिफायर खेल्ने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८२ जेष्ठ १३, मंगलबार (२ दिन अघि)
  • ५५ पटक पढिएको
आइपिएल: पन्जाबले पहिलो क्वालिफायर खेल्ने

जेठ १३, काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) मा पन्जाब किंग्सले मुम्बई इण्डियन्सलाई ७ विकेटले‌ हराउँदै पन्जाब शीर्ष २ मा‌ रहेर लिग चरणको अन्य गरेको छ । यो जितसँगै पन्जाबले पहिलो क्वालिफायर खेल्नेछ ।

गएराति सम्पन्न खेलमा १ सय ८५ रनको लक्ष्य पछ्याएको पञ्जाबले ९ बल बाँकी रहँदा ३ विकेट गुमाएर लक्ष्य भेट्टायो । पञ्जाबका ओपनर प्रियान्स आर्य ६२ रन र जोस इङलिसले ७३ रनको अर्धशतक पारी खेले ।

प्रभासिमरन सिंहले १३ रन बनाए । कप्तान श्रेयस एय्यरले नटआउट २६ रन बनाए । नेहाल बादेराले नटआउट २ रन जोडे । मुम्बईका मिचेल‌ सान्टनेर २ र जसप्रति बुमराहले १ विकेट लिए ।

जयपुरमास्थित सवाइमान सिंह क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८४ रनको बनाएको थियो।

मुम्बईका सूर्यकुमार यादवले सर्वाधिक ५७ रनको अर्धशतक पुरा गरे । सूर्यकुमारले जोडे । कप्तान हार्दिक पाण्ड्याले २६, ओपनरद्वय रायन रिकल्टन २७ र रोहित शर्मा २४, विल ज्याक्स १७ र नमन धिरले २० बनाए ।

पञ्जाबका मार्को यान्सन, अर्शदिप सिंह र विजयकुमार वैशाखले समान २ तथा हरप्रित ब्रारले १ विकेट लिए ।

लिग चरणको अन्तिम खेल आज रोयल च्यालेन्जर्स बैगलुरु आरसिबी र लखनउ सुपर जायन्ट्सबिच हुनेछ ।

त्यो खेल जितेमा आरसिबी पहिलो क्वालिफायरमा पुग्नेछ । पराजित भएमा दोस्रो स्थानको गुजरात पहिलो क्वालिफायरमा पुग्नेछ । मुम्बईले एलिमिनेटर खेल्नु पर्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस