जेठ १५, काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका-८ भर्याङडाँडामा ढुङ्गासहितको सुक्खा पहिरो खसेपछि कान्ति लोकपथ अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालका अनुसार अवरुद्ध सडक खुलाउन सडक विभागसँग समन्वय भएको बताए । आज (बिहीबार) बिहान ३ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
पहिरोले सडक अवरुद्ध हुँदा सयौँ सवारी साधन र यात्रु बीचबाटोमै रोकिएका छन् । कान्ति लोकपथ काठमाडौँ-हेटौँडा आवतजावत गर्ने छोटो दुरीको मार्ग हो ।