जेठ १६, काठमाडौं । प्रतिपक्ष दलहरुको अवरोधका कारण प्रतिनिधिसभाको बैठक बस्न सकेको छैन । प्रतिपक्ष दलहरुले सदन खुलाउन भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामालाई बटमलाइन बनाएका छन् ।
अवरुद्ध सदन खुलाउन शुक्रबार सभामुख देवाराज घिमिरेले दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग छलफल गरेका थिए । त्यसक्रममा विपक्षी दलहरूले गृहमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने अडान दोहोर्याएका हुन् ।
प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले आफूहरूले हिजो ९जेठ १५ गते०का लागि मात्रै अवरोध हटाएको बताउँदै अब निरन्तर अघि बढ्ने बताए । उनले हाम्रो अडान कायमै रहेको भन्दै मानव तस्करी र भ्रष्टाचारसँग सम्बन्धित विषयमा अनुसन्धान नभएसम्स अडानबाट पछि नहट्ने बताए ।
यस्तै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले पनि हिजो जिम्मेवारीबोध गरेर छाडेको भए पनि आफूहरू आन्दोलनमा नै रहेको बताए । उनले काम गर्न बाहिर गएका आम नागरिकहरूलाई दुःख दिने, मानव तस्करीसँगसम्म जोडिएको घटनामा सरकार गम्भीर भएको भन्दै आपत्ति जनाए ।
प्रतिपक्ष दलहरुले गृहमन्त्रीको राजीनामासँगै प्रधानमन्त्रीको जवाफ र उच्चस्तरीय छानबिन आयोगसमेत माग गर्दै आएका छन् । १३ गतेदेखि सदन चल्न नदिएका उनीहरूले बिहीबार भने संवैधानिक प्रावधानअनुसार बजेट प्रसतुत गर्नैपर्ने भएकाले अवरोध गरेनन् ।