आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ जेष्ठ १६, शुक्रबार (१ दिन अघि)
  • ५८ पटक पढिएको
आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा

जेठ १६, काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा आगामी जेठ १८ गते आइतबार सार्वजनिक बिदा दिने भएको छ ।

मच्छिन्द्रनाथको भोटो देखाउने जात्राका लागि काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथलाई बिहीबार साँझ लगनखेलबाट तानेर जावलाखेल पुर्‍याइएको छ । लगनखेलमा रहेको रथलाई जावलाखेलमा पुर्‍याइएको चौथो दिनमा राष्ट्राध्यक्षबाट भोटो देखाउने परम्परा छ ।

यससँगै मच्छिन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिन्छ भने मीननाथलाई रथमा राखेर टङ्गल लगिनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस