जेठ १५, काठमाडौं । राजधानी भित्रिने मुख्य राजमार्गअन्र्तगत नागढुंगा–नौबिसे सडकखण्डको नागमन्दिर नजिकै बस पल्टिँदा तीन जना घाइते भएका छन् ।
दाङबाट काठमाडौं आउँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ०१७७ नम्बरको बस आज बिहान पौने तीन बजेतिर उकालोमा ब्रेक नलागेर बस ब्याक भएर नालीमा खसेको प्रहरीले जनाएको छ ।
घटनामा दुई जना यात्रुलाई सामान्य चोट लागेको छ भने रोल्पाको परिवर्तन गाउँपालिकाकी २५ वर्षीया रोशनी घर्तीमगरको अवस्था भने गम्भीर छ । उनलाई उपचारका लागि कलंकीको शहीद मेमोरियल अस्पतालमा ल्याइएको छ ।
बस पल्टिदा सवारी साधनको लामो लाइन लागेको छ । बसलाई हटाउन क्रेन पठाइएको छ ।