जेठ १५, काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितलाई पत्नीशोक परेको छ ।
उनकी पत्नी विमला महतको ६० वर्षको उमेरमा गएराति १२:४५ बजे निधन भएको पूर्वमन्त्री पण्डितले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् ।
विमला करिब डेढ वर्षदेखि मायसाइटिस नामक रोगबाट ग्रसित थिइन् ।