यातायात व्यवसायीसँग झुक्यो सरकार, राइड सेयरिङ रोक्न पत्राचार गर्ने

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ जेष्ठ २०, मंगलबार (३ दिन अघि)
  • ७१ पटक पढिएको
यातायात व्यवसायीसँग झुक्यो सरकार, राइड सेयरिङ रोक्न पत्राचार गर्ने

जेठ २०, काठमाडौं । सरकार र यातायात व्यवसायीबीच सहमति जुटेको छ । सोमबार राति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बसेको तेस्रो चरणको बैठकमा सरकार र यातायात व्यवसायीबीच ७ बुँदै सहमति भएको हो ।

मन्त्रालयमा राति सवा ११ बजेसम्म बसेको बैठकले संघीय सरकारले गण्डकी प्रदेशलाई राइड सेयरिङ व्यवस्थापन तथा नियमन गर्न बनेको नियमावली स्थगन गर्न सिफारिस गर्ने भएको छ । मन्त्रालयका सहसचिव कृष्णराज पन्तको नेतृत्वको वार्ता समितिले स्थगनको सिफारिस पठाउने भएको छ ।

समितिले भौतिक पूर्वाधार मन्त्रालयमार्फत प्रधानमन्त्री कार्यालयमा पत्र पठाउने र प्रधानमन्त्री कार्यालयले गण्डकी प्रदेश सरकारलाई पत्राचार गरी प्रदेश सरकारले नियमावली स्थगन गर्ने सहमति भएको समिति संयोजक पन्तले बताए ।

पन्तले कार्यदलमा भएको सहमतिलाई नेपाल सरकारले प्रदेशलाई अनुरोध गरेसँगै आन्दोलन फिर्ता हुने उनले जानकारी दिए । तर, यातायात व्यवसायीहरुले भने प्रदेश सरकारले नियमावली स्थगन गरेपछि मात्र आन्दोलन रोकिने बताएको छ ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष विजयबहादुर स्वाँरले प्रधानमन्त्री कार्यालयले जति चाँडो गण्डकी प्रदेश सरकारलाई पत्राचार गरेर गण्डकी प्रदेश सरकारले नियमावली स्थगन गर्छ, त्यति चाँडो आफूहरुले चक्काजामको कार्यक्रम फिर्ता लिने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस