दुई विदेशी र एक नेपाली निर्माण कम्पनी कालोसूचीमा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ जेष्ठ २०, मंगलबार (३ दिन अघि)
  • ५६ पटक पढिएको
दुई विदेशी र एक नेपाली निर्माण कम्पनी कालोसूचीमा

जेठ २०, काडमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले दुईवटा विदेशी र एउटा नेपाली निर्माण कम्पनी कालोसूचीमा राखेको छ । । सार्वजनिक खरिद ऐन अनुसार ती कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले बताएको हो ।

कालोसूचीमा पर्नेमा जापानको मरुशिन शिताका कन्स्ट्रक्सन, भारतको पीएच-एसएमएनएस जेभी र नेपालको शंकरमाली निर्मान सेवा रहेका छन् । मरुशिन र पीएच-एसएमएनएसलाई दुई वर्ष र शंकरमालीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।

अब यी कम्पनीले तोकिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

ताजा अपडेट

खोजी गर्नुहोस