जेठ २६, काठमाडौं । आजको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित भएको छ । सभामुख देवराज घिमिरेले यही जेठ २८ गते बुधबार दिउँसो १ बजे बस्ने गरी आजको स्थगित गरेका छन् ।
आजको प्रतिनिधिुभा बैडक दिउँसो २ बजे बस्ने भनिएपनि बैठक केही ढिलो गरी सुरु भएको थियो । प्रतिपक्ष दलका सांसदहरुले उठेर विरोध जनाएपछि आधा घण्टाका लागि स्थगित भएको बैठक पुःन सञ्चालन हुन नसकेपछि बैठक स्थगित भएको हो ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र, प्रतिपक्षी दलहरू रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायत दलहरूले पटक संसद अवरोध गर्दै आएका छन् ।
सभामुख घिमिरे सदन खुलाउन पटकपटक सत्ता र प्रतिपक्षी दलहरूबीच संवाद भए पनि सहमति जुट्न सकेको छैन् । सत्तापक्ष र प्रतिपक्ष दलहरुको आ-आफ्नै अडानले प्रतिनिधिसभामा बजेटमाथिको छलफल प्रभावित हुँदै आएको छ ।