विनयी खोलाले बस बगायो, यात्रुको सकुशल उद्धार

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ अषाढ ६, शुक्रबार (१० घण्टा अघि)
  • ६२ पटक पढिएको
विनयी खोलाले बस बगायो, यात्रुको सकुशल उद्धार

असार ६, काठमाडौं । पूर्व-पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्किबासस्थित विनयी खोलाले राति बस बगाएको छ ।

काठमाडौँबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे १ ख ४०८५ नम्बरको बस गए राति बाढीले बगाएको इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रमुख प्रहरी निरीक्षक राजन तिमिल्सेनाले जानकारी दिए ।

‘नयाँ डाइभर्सनबाट आउँदै गर्दा बाढीले बस बगाएको हो’, प्रहरी निरीक्षक तिमिल्सेनाले भने, ‘तत्काल एक्साभेटर लगेर सबै यात्रुको सकुशल उद्धार गर्न सफल भयौँ ।’

प्रहरीका अनुसार बसमा बालबालिकासहित ३८ यात्रु थिए । बस करिब एक किलोमिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डीएसपी मधु नेपालले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस