माछापुच्छ्रे बैंकले थप्यो ३ शाखा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ चैत्र २६, मंगलबार (६ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

चैत २६, काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडको त्रिशुलीको टंकिसिनवारी र टिमुरे शाखा कार्यालय संचालनमा आएको छ ।

बैंकले मोरङको बुढीगंगा गाउँपालिका स्थित टंकिसिनवारी शाखा कार्यालय र नुवाकोटको विदुर नगरपालिका स्थित त्रिशुली शाखा कार्यालय संचालनमा ल्याएको हो ।

त्यसैगरी बैंकले चैत्र २५ गतेबाट रसुवाको गोसाँइकुण्ड गाउँपालिका स्थित टिमुरे शाखा कार्यालयको औपचारिक सुरुवात पनि गरेको छ ।

नयाँ शाखा मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पूर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ । बैंकले उक्त शाखाहरुमा २४ सै घण्टा चल्ने एटीएमको पनि व्यवस्था रहेको जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस