बैशाख १६,काठमाडौँ । बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका क्षेत्रीय इञ्चार्ज शक्ति भनिने विष्णु परियारलाई प्रहरीले पक्राउ गरेको छ ।
बाँसगढी र ठाकुरबाबा नगरपालिका क्षेत्रका इञ्चार्ज परियारलाई पक्राउ गरी हिरासतमा राखिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले जानकारी दिए ।
चन्दा सङ्कलन गरिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।