क्याप्टेन लामामाथिको निलम्बन फुकुवा

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ बैशाख १६, सोमबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

बैशाख १६,काठमाडौँ । नेपाल एयरलाइन्सका पाइलट क्याप्टेन विजय लामामाथिको निलम्बन फुकुवा भएको छ। प्रवक्ताको जिम्मेवारीमा हुँदा लामाले बोलेको कुरा सुरक्षाका दृष्टिकोणले संवेदनशिल भएको भन्दै नागरिक उड्डयन प्राधिकरणले लमामाथि शशर्त निलम्बनको निर्णय गरेको थियो।

नेपाल एयरलाइन्सको दुबई उडान क्यान्सिल भएपछि लामाले दिएको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै प्राधिकरणले लामालाई स्पष्टिकरण सोधेको थियो।

लामाको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै क्यानले उनको लाइसेन्स तत्कालका लागि सस्पेन्स गर्ने निर्णय गरी प्रवक्ताको जिम्मेवारीबाट नहटेसम्म उडानमा रोक लगाउनू भन्ने पत्र प्राधिकरणले नेपाल एयरलाइन्समा पठाएको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस