फोरम नेपाल र नयाँ शक्तिबीच बैशाख २३ गते एकीकरण गर्ने सहमति

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ बैशाख २१, शनिबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

बैशाख २१,काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण हुने निश्चित भएको छ। दुई पार्टीबीच सोमबार (वैशाख २३ गते) एकीकरण गर्ने घोषणा गर्ने समझदारी भएको हो । शनिबार दुई पार्टीबीचको अन्तिम छलफलबाट एकीकरणको मिति टुंगो लगाइएको हो ।

एकीकृत पार्टीको नाम समाजवादी पार्टी नेपाल राख्ने सहमति भएको छ भने सो पार्टीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नेपाली समाजमा विद्यमान जातीय, वर्गाीय, लैंगिक र क्षेत्रीय असमानता, विभेद र शोषणको अन्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको समृद्धिका लागि भूमिका निर्वाह गर्ने लक्ष्य लिएको छ ।

एकीकरण गर्ने समझदारीपछि उपेन्द्र यादव र बाबुराम भट्टराईले एक संयुक्त वक्तब्य जारी गर्दै विगत केही समयदेखिको छलफल र विचार विमर्शपछि दुई पार्टीबीच एकीकरण गरेर संघीय समाजवादी पार्टी नेपाल बनाउने ऐतिहासिक समझदारी भएको उल्लेख गरेका छन् ।

एकता घोषणा कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानमा राखिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस