सभामुखद्वारा लिम्बू भाषाको चलचित्र ‘के साङ्ला’को अवलोकन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ बैशाख २१, शनिबार (६ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

बैशाख २१, काठमाडौँ । सभामुख कृष्णबहादुर महराले लिम्बू भाषाको चलचित्र ‘के साङ्ला’को विशेष प्रदर्शनीको उद्घाटन तथा अवलोकन गरेका छन् । उनले चलचित्र प्रदर्शनीअघि लिम्बू समुदायको महत्वपूर्ण बाजाका रुपमा रहेको च्याब्रुङलाई के साङ्लाले बजाएर औपचारिक कार्यक्रमको उद्घाटन गरे। झापाका मिर्गौलापीडित निर्मल लिम्बूको सहयोगार्थ चलचित्रको विशेष प्रदर्शनी गरिएको हो ।

चलचित्र प्रदर्शन हुनुअघि आयोजित औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख महराले नेपाल विविध जातजाति, भाषा, कला संस्कृतिको धनी भएको बताए। चलचित्र ‘के साङ्ला’ले लिम्बू जातिको भाषा, संस्कृति र कलाको संरक्षण एवं सम्वद्र्धनमा महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै सभामुख महराले आफ्नो इतिहास, संस्कृति र परम्पराको संरक्षणमा जागरुक भई लागेकामा चलचित्र युनिटको प्रशंसा गरे।

चलचित्र बनाएर व्यवसाय गर्नेभन्दा आफ्नो मौलिक कला संस्कृतिको संरक्षण एवं समाजसेवातर्फ लागेकामा खुशी व्यक्त गर्दै सभामुख महराले चलचित्रको आम्दानीबाट मिर्गौलापीडितलाई सहयोग गर्ने कार्य निकै सराहनीय भएको बताए। सो अवसरमा सभामुख महराले देश तथा विदेशबाट सङ्कलन गरिएको रु एक लाख ६३ हजार रकम मिर्गौलापीडित लिम्बूलाई हस्तान्तरण गरे। रासस

ताजा अपडेट

खोजी गर्नुहोस